कोषले सिफारिस गरेका विरामीलाई म्याग्दी कोरला यातायातले नि:शुल्क सेवा दिने

  • २ चैत्र २०७९, बिहीबार
  • 461 पटक पढिएको

 

बेनी, २ चैत । परोपकारी संस्था ओमकुमारी शान्ति कोष र म्याग्दी कोरला यातायात प्रा.ली. विच सम्झौता भएको छ। कोषले सिफारिस गरेका विरामीलाई पोखरा र काठमाण्डौसम्म आवातजावतका लागि नि:शुल्क यातायात सेवा उपलब्ध गराउन दुई संस्थाविच सम्झौता भएको हो ।
विहिबार कार्यालयमा कोषका अध्यक्ष हरिकृष्ण गौतम र कोरला यातायात प्रा.लीका संचालक मोहन केसीले दुई संस्थाविचको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । कोषले सिफारिस गरेका विरामीलाई मात्र नि:शुल्क सेवा दिने प्रतिवद्धता यातायातका संचालक मोहन केसीले बताउनुभयो ।


आर्थिक अवस्था कमजोर भएका उपचारका लागि आवातजावात गरिराख्ने विरामीलाई लक्षित गरेर यातायात प्रा.ली. संग सम्झौता गरिएको कोषका अध्यक्ष गौतमले बताउनुभयो । सम्झौता कार्यक्रममा बरिष्ठ उपाध्यक्ष खमबहादुर थापा र कोषाध्यक्ष सन्दिप खत्रीको उपस्थित रहेको थियो ।
यस संस्थाले आर्थिक अवस्था कमजोर भएका विरामीको उपचारमा आर्थिक संकलन र कोषको ब्याजबाट आर्थिक सहयोग गर्दै आएको छ।