रत्नेचौरका युवाहरु मिनिटेलर हलो मर्मतको सीप सिक्दै

  • २ चैत्र २०७९, बिहीबार
  • 509 पटक पढिएको

 

म्याग्दी, २ चैत । पछिल्लो समया गाउँ गाउँमा किसानले डिजेल र पेट्रोलको सहायतमा चल्ने हलो प्रयोग बढाएका छन् । मिनिटेलर हलो चलाउन सक्छन् तर प्राविधिक समस्या आएपछि हलो मर्मत कसरी गर्ने भन्ने समस्यामा किसान सताउने गरेको छ ।

कृषि खेतीमा देखिने किसानको प्राविधि समस्यालाई निराकरण गर्न बेनी नगरपालिका वडानम्वर १ रत्नेचौरमा मिनिटेलर हलो मर्मत तालिम संचालन गरिएको छ । वडाका २० जना युवाहरुलाइ सहभागि गराएर ब्यवसायिक सिप विकास तालिम केन्द्र कुश्मा पर्वतको प्राविधिक सहयोगमा १५ दिनको हलो मर्मत तालिम राखिएको वडा अध्यक्ष तेजबहादुर थापाले बताउनुभयो ।

कृषि खेतीलाई ब्यवस्थित र ब्यवसायिक बनाउनाका लागि किसानलाई उपकरण मात्रै होइन, प्राविधिक ज्ञानको पनि आवश्यकता भएकोले तालिम राखिएको अध्यक्ष थापाले भन्नुभयो ।

युवाहरुलाई प्रयोगात्मक हलो मर्मत तालिम दिएपछि गाउँमा कृषकलाई सहज हुने भएकोले तालिममा युवाहरु आकर्षित छन् । जिल्लाका ६ वटै स्थानीय तह र कृषि ज्ञान केन्द्र म्याग्दीले हरेक बर्षका कार्यक्रममा यान्त्रिकीकरणका लागि मिनिटेलर हलो वितरण गर्दै आएका छन् । किसानको गुनासोलाई सम्वोधन गर्दै मिनिटेलर हलो मर्मत तालिमलाई स्थानीय तहका जनप्रतिनिधिले प्राथमिकता दिएका छन् ।