रत्नेचौरको लक्ष्मीहरि मन्दिरमा अनन्तश्री विभूषि त्रिदण्डी श्रीमन्नारायण स्वामिजीलाई भव्य स्वागत

  • १ चैत्र २०७९, बुधबार
  • धिरन खत्री
  • 407 पटक पढिएको

म्याग्दी, १ चैत । बेनी नगरपालिका– १ रत्नेचौरमा रहेको लक्ष्मीहरि नारायण मन्दिरमा दर्शन गर्न आउनुभएका अनन्तश्री विभूषित त्रिदण्डी श्रीमन्नारायाण चिन्न जीयर स्वामिजीलाई स्थानीयबासीले बाजागाजासहित भब्य स्वागत गरेका छन् ।


परम बैद्धिक सनातन धार्मिक आश्रम श्री लक्ष्मीहरि नारायण मन्दिरका उत्तराधिकारी जगदगुरु हिमालयन बाबा एवं समितिका पदाधिकारी र रत्नेचौरबासीले बाजागाजासहित स्वामिजीलाई स्वागत गरेका हुन् ।


२०५४ सालमा यस मन्दिर स्थापना गर्नुभएका अनन्तश्री विभूषित सार्वभौम प्रपन्न जगदगुरु त्रिदण्डी श्रीपराङ्कशाचार्य जीयर स्वामिजी महाराजाको निमन्त्रणलाई स्विकार गर्दै चिन्न जियर स्वामीजीले मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्कने क्रममा रत्नेचौरमा रहेको लक्ष्मीहरि नारायण मन्दिरको दर्शन गर्नुभएको हो ।


भारत सरकारको सर्वोत्तुङ्ग मानवपदवी ‘पद्म भूषणा’द्वारा सम्मानित जीयर स्वामीजी हिन्दुहरुको चार आचार्यमध्यै ‘रामानुज आचायर्’ प्राप्त गर्नुभएको छ ।


दर्शन गर्दै जीयर स्वामीजीले उपस्थित भक्तजनहरुमाझँ प्रर्वचन गर्नुभएको थियो । जीयर स्वामीजीको भ्रमणले मन्दिरको गरिमा बढ्नुको साथै पर्यटकिय क्षेत्रको रुपमा विकसित हुदै गएको रत्नेचौरमा धार्मिक पर्यटक बढाउनमा सहयोग पुगेको मन्दिर संचालन समितिका महासचिव कृष्णबहादुर बोगटीले बताउनुभयो ।

       

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l