दग्नाममा जलविद्युत आयोजनाका सवारी साधन संचालनमा अवरोध

  • १ चैत्र २०७९, बुधबार
  • 331 पटक पढिएको

म्याग्दी १ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका -४ दग्नाममा जलविधुत आयोजनाका सवारी साधनले सडक जिर्ण गराएको भन्दै आयोजनाका सवारी साधन संचालनमा अवरोध गरिएको छ ।               जलविधुत आयोजनाका ट्रक र ट्याक्टरहरुको कारण सडक विगारेर जिर्ण अवस्थामा पुगेको र साना सवारी साधन आवत जावत गर्न समस्या भएको भन्दै स्थानीय एकता युवा क्लबको नेतृत्वमा युवाहरुले जलविद्युत आयोजनाका सबै सवारी साधन संचालनमा रोक लगाइएका छन् । अहिले सबारी साधनको लाम लागेर रोकिएका छन् । गलेश्वर – पिप्ले – मौवाफाँट – दग्नाम – चिमखोला हुदै यो सडक कुइनेमंगले पुगेको छ ।                        यो सडक प्रयोग गरेर चिमखोला र कुइनेमंगलेमा निर्माणधिन तीन जलविद्युत आयोजनाले निमार्ण सामाग्री दुवानी गर्दै आएका छन् । सडक अवरुद्व भएपछी २१.३ मेगावाट क्षमताको ठूलोखोला, ३५.५ मेगावाट क्षमताको राहुघाट मङ्गलेलेसमेत र ४८ मेगावाटको अपर राहुघाट जलविद्युतको निमार्ण सामाग्रीको ढुवानी प्रभावित भएको छ ।         दग्नामको वडा कार्यालयले गत पुस २५ गते गाउँपालिका मार्फत जलविद्युत आयोजना हरुलाई विग्रीएको सडकलाई स्तरोन्नति गर्न पत्राचार गरेको थियो । तर सडक स्तरोन्नतिमा आयोजनाहरुले बेवास्ता गरेपछी दबाव दिन सडकमा आयोजनाका सवारी साधन संचालनमा अवरोध गरिएको क्लवले जनाएको छ ।