क्याम्पसमा तालाबन्दीले स्ववियु निर्वाचनको कार्यतालिका प्रभावित

  • ३० फाल्गुन २०७९, मंगलवार
  • 313 पटक पढिएको

 

म्याग्दी, ३० फाल्गुन। नेकपा निकट अखिल क्रान्तिकारीले म्याग्दी बुहमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । स्ववियु निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले संगठन दर्ता र भर्नाका लागि तोकेको समयअवधिको बिरोध जनाउँदै सोमबार निर्वाचन कार्यालयमा कार्यालयमा ताला लगाएको हो । उक्त संगठनकी म्याग्दी बहुमुखी क्याम्पस कमिटीकी संयोजक मनिषा दर्जीले सञ्चालक समितिको निर्णय सच्चाउनुपर्ने माग गरेको बताउनुभयो । ‘भर्ना र दल दर्ताको प्रक्रियामा असहमति छ’ विज्ञप्तीमा भनिएको छ ।

चुनावको माहोल बढ्दै जाँदा क्याम्पसमा तालाबन्दी भएपछि स्ववियु निर्वाचनका मतदाता नामावली प्रकाशत, अन्तिम नामावली प्रकाशत, उम्मेदवारी मनोनयन लगायतका कार्यतालिका प्रभावित भएको निर्वाचन अधिकृत श्रीधर सुबेदीले बताउनुभयो । ‘विद्यार्थी संगठनसँग छलफल गछौं, सबैको सक्रियतामा स्ववियूलाई सम्पन्न गर्नुपर्छ’ निर्वाचन अधिकृत सुबेदीले भन्नुभयो । सोमबार भएको विद्यार्थी संगठनको छलफलमा समेत स्ववियू निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीको विषयमा विद्यार्थी बिच फरक फरक राय प्रस्तुत भएको थियो।

सञ्चालक समितिको निर्णय अनुसार पछिल्लो समय भर्ना भएका र स्ववियूको मिति घोषणाको दिन यता भर्ना भएका विद्यार्थीको विषयमा विद्यार्थी संगठनमा सहमति भएको छैन् । तालाबन्दीको विषयमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका गण्डकी प्रदेश संयोजक सुदिन पौडेलले केही संगठनले निर्वाचन विथोल्ने प्रयास गरेको आरोप लगाएका छन् । म्याग्दी बहुमुखी क्याम्पसमा ९ सयको हाराहारीमा मतदाता छन्। स्ववियु निर्वाचन चैत्र ५ गतेलाई तोकिएको छ ।