मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ टिकटकमा भाइरल (भिडियाे सहित)

  • २४ फाल्गुन २०७९, बुधबार
  • 473 पटक पढिएको

म्याग्दी २४ फागुन ।  टिकटकमा अत्याधिक रुचाइएको मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ छोटो समयमा चर्चा कमाएको छ । दिपक अधिकारीको शब्दमा तयार भएको गीतलाई प्रवेश पौडेलले भाका संकलन गरेका हुन् । मौलिक गीत मौलिक शैलीमा भिडियो तयार भएको गीतबाट निकै आशा गरिएको गीतका सर्जक दिपक अधिकारी बताउँछन् ।

 

प्रवास रहेर गीत संगीतलाई माया गर्ने गायक प्रवेश पौडेल गीत चर्चासँगै दंग छन् ।  गीतमा टिका सानु, प्रवेश पौडेल र श्याम क्षेत्रीको आवाज रहेको छ । प्रविन थापाले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा, अर्जुन सापकोटा, स्मारिका ढकाल, रविना भण्डारी, टिका सानु ले कम्मर मर्काएका छन् ।
राम केसीले छायाँकन गरेको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् ।

उक्त गीत बाबा इन्टरटेन्मेन्ट युटुबच्यानल मार्फत मंगलबार सार्वजनिक गरिएको छ । प्रवासमा रहेका तिलु शर्माले यस गीतलाई निर्माण गरेका हुन् । उक्त सार्वजानिक गीत २४ घण्टामा एक लाख बढी दर्शकको साथ पाएको छ ।