गण्डकी प्रदेश सरकार अल्पमतमा
- १४ फाल्गुन २०७९, आईतवार
- 373 पटक पढिएको
पोखरा १ ४ फागुन । राष्ट्रपति निर्वाचनले केन्द्रमा नयाँ समीकरण बनेसँगै त्यसको प्रत्यक्ष असर गण्डकी प्रदेश सरकारलाई परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता गरेसँगै त्यसको असर गण्डकी प्रदेशमा परेको हो ।
राप्रपाको शनिबार बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले संघीय र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । राष्ट्रपति निर्वाचनले केन्द्रमा नयाँ समीकरण बनेसँगै त्यसको प्रत्यक्ष असर गण्डकी प्रदेश सरकारलाई परेको छ ।अल्पमतमा परेको हो । राप्रपाले समर्थन फिर्ता लिएसँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई एमालेका २२ र माओवादीका सातजना गरी २९ जनाको समर्थन रहनेछ । माओवादीले समेत समर्थन फिर्ता लिएमा मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ जनाको मात्र साथ रहनेछ ।
एमाले संसदीय दलका नेता अधिकारी २५ पुसमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारीलाई एमालेका २२, माओवादीका आठ, राप्रपाका दुईसँगै एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङसहित ३३ सदस्यको समर्थन थियो ।
मुख्यमन्त्री अधिकारीले सोही दिन माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त अधिकारीले २९ पुसमा प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।
मतदानमा अधिकारीले एमालेका २१, माओवादीका आठ र राप्रपाका दुई गरी ३१ मत पाएका थिए । मुख्यमन्त्री नियुक्त भएको १६औँ दिनमा अधिकारीले सात सदस्यीय मन्त्रिमण्डल बनाउँदै कार्यविभाजनसमेत गरेका थिए । राप्रपाबाट मन्त्री भएका पञ्चराम गुरुङले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका थिए ।
शनिबार रातिसम्म गण्डकीमा राप्रपाबाट मन्त्री भएका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएका छैन्न । उनले पार्टी केन्द्रले दिएको निर्देशनअनुसार आफूहरू अघि बढ्ने बताए । उनले आइतबार मुख्यमन्त्री अधिकारीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । nayapatrikadaily