भलिबल संघ म्याग्दीद्वारा राष्ट्रिय भलिवल खेलाडी सम्राट भण्डारी सम्मानित

  • १९ माघ २०७९, बिहीबार
  • 605 पटक पढिएको

 

म्याग्दी । अन्डर २३ राष्ट्रिय भलिबल टिमका सदस्य म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका ३ निवासी सम्राट भण्डारी सम्मानित हुनुभएको छ। म्याग्दी जिल्ला भलिबल संघले विहिबार संघको कार्यालयमा प्रतिभावान राष्ट्रिय खेलाडी भण्डारीलाई सम्मान पत्रले सम्मान गरेको हो । सम्मान कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यसमितिका पूर्व महासचिव विक्रम कार्की र संघका अध्यक्ष तेजेन्द्र बानियाँले सम्मान पत्रले भण्डारीलाई सम्मान गर्नुभएको हो ।


भण्डारीले सन २०२२ मा बंगलादेश भलिबल फेडेरेसनको आयोजनामा ढाकामा सम्पन्न भएको एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भई आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । अन्तराष्ट्रिय स्तरको भलिबल खेलमा राष्ट्रिय टिमबाट सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेका भण्डारीलाई खेल क्षेत्रमा उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको संघका अध्यक्ष बानियाँले बताउनुभयो ।

कार्यक्रमान मोना आईसीसीका पुर्व महासचिव कार्कीले भलिबल खेल क्षेत्रको विकासका लागि व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । ‘खेलकुदले खेलाडिको व्यक्तित्व विकासका साथै व्यवहारिक जीवनमा समेत परिवर्तन ल्याउन सक्दछ’, कार्कीले भन्नुभयो। जिल्ला भलिबल संघलाई निशुल्क रुपमा भलिबल तालिम संचालन गर्न समेत अनुरोध गर्नुभएको छ । त्यसका लागि हातेमालो गर्ने वातावारण सृजना गर्न आफु तत्पर रहेको प्रतिवद्धता कार्कीले जनाउनुभयो ।

कार्यक्रमका राष्ट्रिय खेलाडी भण्डारीले शारिरिक र मानसिक रुपमा खेलाडी सक्षम बनाउन शारिरिक र मानसिक रुपमा ४ देखि ५ बर्षसम्मको प्रशिक्षण खेलाडीलाई आवश्यक पर्ने बताउनुभयो । जिल्लामा उत्पादन भएका नयाँ खेलाडीलाई प्रशिक्षण आवश्यक पर्नेे बताउदै खेलकुदतर्फ सबैले ध्यान दिन आग्रह गर्नुभयो । संघका अध्यक्ष बानियाँले भलिबल खेललाई माया गर्नेहरुसंग सहकार्य गर्ने अभियानमा संघ रहेको बताउनुभयो । कार्यक्रममा बानियाँको अध्यक्षता, कोषाध्यक्ष विष्णु रोकाको स्वागत र महासचिव कुमार किसानको संचालनमा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रममा बेनी नगरपालिका ९ घर भई हाल पूर्व भलिबल खेलाडी हाल अष्ट्रेलियामा कार्यरत विमल चोखाललाई पनि कार्यालयमा स्वागत गरेको थियो ।