दोस्रो एनएसएसजी विन्टर फुटवल प्रतियोगिताको तयारी पुरा

  • १७ माघ २०७९, मंगलवार
  • 483 पटक पढिएको

 

यूएई, १७ माघ । युएईको रसअल खेमामा रहेको नेपाली सामाजिक तथा खेलकुद ग्रुपले आगामी माघ २१ र २२ गते( फेव्रोवरी ४/ ५ तारिक ) हुने दोस्रो एन.एस.एस.जि. विन्टर फूटबल प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ । यूएईको रस–अल–खेमा स्थित अल हमरा खेलमैदानमा हुने प्रतियोगितामा नेपाली १६ टिमको सहभागिता हुनेछ ।

प्रतियोगितामाा बिजेता तथा उपबिजेता हुने टिमले क्रमशः २ लाख रुपैयाँ र एकलाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताको हरेक खेलमा एक उत्कृष्ट खेलाडी साथै समग्र प्रतियोगितामा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उतकृष्ट खेलाडी एवं अनुशासित टिमलाई पुरस्कृत गरिने संस्थाका अध्यक्ष जीवन सिग्देलले जानकारी दिनुभयो ।

नेपाली सामाजिक तथा खेलकुद ग्रुपले संचालन गरेको प्रतियोगिताको प्रचारप्रसार, खेलमैदान ब्यवस्थापन लगायतको काम अन्तिम चरणमा पुगेको ग्रुपका सचिव भरत गौतमले जानकारी गराउदै प्रतियोगितालाई भब्यरुपले सम्पन्न गराउन आवश्यक सहयोग गर्न युएईमा रहेका नेपालीहरुलाई आग्रह समेत गर्नुभएको छ।

रोजगार तथा ब्यवसायको शिलशिलामा यूएईमा रहेका नेपालीहरुलाई एकताबद्ध राख्नुनै यस नेपाली सामाजिक तथा खेलकुद ग्रुपको मूख्य उद्देश्य रहेको छ ।