काभ्रेको सरस्वती आधारभूत विद्यालयमा भू.पू शिक्षक र विद्यार्थीको पुर्नमिलन कार्यक्रम

  • १३ माघ २०७९, शुक्रबार
  • 491 पटक पढिएको

म्याग्दी, १३ माघ । उत्तरी पर्यटकीय क्षेत्र अन्नपूर्ण गाउँपालिका वडानम्वर ३ काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयले ५६औँ बार्षिकत्सवको अवसरमा भूपु शिक्षक र भुपु विद्यार्थीको पुर्नमिलन तथा चन्दादातालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सत्यदेवी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिवा पनु, वडाअध्यक्ष रमेश पुर्जाको उपस्थितमा भूतपुर्व शिक्षक २९ जनालाई सम्मान गरिएको थियो । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र पुर्वाधार निर्माणमा सहयोग गर्ने चन्दादाताहरुलाई समेत सम्मान गरिएको थियो । काभ्रेका गंगा पुर्जाबाट (हाल युके) १ लाख ५१ हजार, कमल पुर्जा (हाल युके) बाट १ लाख ५० हजार, राजन बुढाथोकीबाट (हाल अस्टेलिया) १ लाख ५ हजार ५५ रुपैयाँ, घार पोखरेबगरका दुर्गाबहादुर खड्काले १ लाख ५ हजार रुपैयाँ, र काभ्रेका स्थानीबासी हाल काठमाण्डौका सुविन्द्र ज्वारचनले १ लाख १ हजार १११ रुपैयाँ, पुर्व जिल्ला सभापति चक्रप्रसाद तुलाचनको स्मृतिमा १ लाख सहयोग गर्ने छोरा कविन तुलाचन लगायत चन्दादातालाई सम्मान गरिएको थियो ।

त्यस्तै रमेश/रविता राम्जालीबाट ५१ हजार १३० रुपैयाँ, हिरा/ कमला पुनबाट ५१ हजार रुपैयाँ, विष्णु गौचनबाट ५१ हजार रुपैयाँ, राजु÷सत्यदेवी खत्रीबाट ५० हजार ५०० रुपैयाँ, हितबहादुर/हितमाया गर्वुजालाई ५० हजार रुपैयाँ सहयोग गर्नुहुने चन्दादातालाई सम्मान गरिएको थियो ।


शिक्षक तथा पुर्व विद्यार्थी पुर्नमिलन कार्यक्रममार्फत विद्यालयमा करिव १० लाख रुपैया चन्दा संकलन भएको विद्यालय प्रअ श्यामबहादुर पुनले बताउनुभयो । सो रकमलाई अक्षयकोषमा राखेर प्राप्त ब्याजबाट शिक्षक ब्यवस्थापन, कक्षा ब्यवस्थापन लगायतको काममा खर्च गरिने प्रचारप्रसारका संयोजक सुनबहादुर विकले जानकारी दिनुभयो ।


पुर्नमिलन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुनले समुदायको सक्रिय सहभागिताले विद्यालयको शिक्षा क्षेत्रको सुधारमा सहयोग पुग्ने बताउनुभयो । हिमाली जिल्ला घोषणा अनुसार दरवन्दी कायम नगर्दा ग्रामिण बस्तीका विद्यालयलयहरुमा शिक्षकको समस्या कायम रहेको भन्नुभयो । कार्यक्रममा वडाअध्यक्ष रमेश पुर्जा, वडासदस्य लालबहादुर पुन लगायत चन्दादाताले मन्तव्य राख्नुभएको थियो। विद्यालयस्तरको फुटबल, हाजीरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो ।