सिद्ध बहुउदेश्यीय सहकारीको अध्यक्षमा बरुवाल चयन

  • ३० पुष २०७९, शनिबार
  • 481 पटक पढिएको

म्याग्दी ३० पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको सिद्ध बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा बिमल बरुवाल चयन हुनुभएको छ । शनिवार सम्पन्न छैटौँ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट बरुवालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।


समितिको उपाध्यक्षमा यामबहादुर खड्का, सचिबमा रामकृष्ण खड्का, कोषाध्यक्षमा युवराज बरुवाल, सहसचिबमा सिर्जना खड्का चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा दुर्गाबहादुर खड्का, शिब खड्का, दुर्गा पुर्जा, गङ्गा बरुवाल, दक्षिका बरुवला, कृष्ण खड्का रहनुभएको छ । ४३१ ज्ना शेयर सदस्य रहेको सहकारीको साधारणसभाले शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश प्रस्ताब पारित गरेको छ । उक्त साधारणसभाबाट गणेश बरुवालको संयोजकतवमा ३ सदस्यीय लेखा समिति, युवराज बरुवालको संयोजकत्वमा ३ सदस्यीय ऋण उपसमिति र विष्णु बरुवालको संयोजकत्वमा ३ सदस्यीय शिक्षा उपसमिति गठन समेत गरेको छ ।