म्याग्दी महोत्सव संगितमय बनाइने, को–को कलाकार आउँदैछन बेनीमा !

  • २८ पुष २०७९, बिहीबार
  • 913 पटक पढिएको

म्याग्दी, २८ पुस । आजदेखि सुरु हुन लागेको सातौँ म्याग्दी महोत्सवलाई राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीबाट संगितमय बनाईने भएको छ। म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा हुन लागेको गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेलामा खुल्ला लोकदोहोरी प्रतियोगिता, गण्डकी प्रदेशस्तरी लोकतारा, रत्यौली, पुख्र्यौली नृत्य, खुल्ला लोक नृत्य प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारको प्रस्तुतीबाट महोत्सवलाई संगीतमय बनाईने संघका बरिष्ठ उपाध्यक्ष एवम् सांस्कृतिक उपसमिति संयोजक सुविन श्रेष्ठले जानकारी दिनुभयो ।


महोत्सवको लोकप्रिय कार्यक्रमको रुपमा रहेको लोकदोहोरी प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमश एक लाख ११ हजार ११ रुपैयाँ र ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिने सांस्कृतिक संयोजक श्रेष्ठले बताउनुभयो । पहिलो चरण पार गर्ने लोकदोहोरी कलाकारले दैनिक २ हजार भत्ता पाउने छन् ।


महोत्सवमा राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारको प्रस्तुती हरेक दिन हुने छ । महोत्सवमा म्याग्दीका राष्ट्रियस्तरका चर्चित कलाकारहरु खड्ग गर्वुजा, प्रकाश दुतराज, हेमन्त कान्छा रसाईली, नेशन पुनमगर, शोभा कार्की, संगितकार दिपक शर्माको प्रस्तुती रहने छ। त्यस्तै, प्रकाश सपुत, पशुपति शर्मा, शान्ति श्री परियार, प्रमोद खरेल, एलिना चौहान, बैकुण्ड महत, ब्रदी पंगेनी, प्रिति आले, पुर्णकला विसी, हिमाल सागर, कुलेन्द्र विश्वकर्मा लगायतका कलाकारको प्रस्तुती महोत्सवमा हुने छ।

हास्यब्यङ्ग्यतर्फ मनोज गजुरेल, राजा राजेन्द्र, पुरुषोत्तम भण्डारी(पुर्खे) रहेका छन् । महोत्सवमा स्थानीय चर्चित कलारको रुपमा अमित विश्वकर्मा, रवि कार्की, ध्रुव जिसी र सम्बोज मल्ल लगायत कलाकारको प्रस्तुती रहने बरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सवमा रुविना भण्डारी, विनु कार्की, सरिष्मा मगर, लगायत स्थानीय कलाकारको नृत्य प्रस्तुती हुने छ । कालरात्री ब्याण्ड संगै हरेक दिन जातजातीको झाँकी पनि प्रस्तुती हुने श्रेष्ठले बताउनुभयो ।