युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी म्याग्दीका विश्वकर्मालाई

  • २६ पुष २०७९, मंगलवार
  • 827 पटक पढिएको

म्याग्दी २७ पुस । नेकपा(एकिकृत समाजवादी)को युवा संगठन युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी म्याग्दीका युवा नेता कृष्णकुमार विश्वकर्मालाई दिइएको छ । संघका केन्द्रिय उपाध्यक्ष रहनुभएका विश्वकर्मालाई संघका अध्यक्ष नरेश कुमार शाहीले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।
विश्वकर्मा पार्टीको म्याग्दी जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । सुदुर–पश्चिम प्रदेश सभा सदस्य समेत रहनुभएका संघका अध्यक्ष शाहीले आफु संसदिय फाँटको कार्य व्यस्ततामा रहेकाले संगठनको दैनिक कामलाई व्यवस्थित गर्नुपर्ने भएकाले आफ्नो उपस्थित नहुँदासम्मको लागि संगठनको कार्यवाहक अध्यक्षको जिम्मेवारी विश्वकर्मालाई दिएको जनाउनुभएको छ । संघको सचिबालयमा अध्यक्ष शाहीले विश्वकर्मालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।