म्याग्दी महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने

  • २६ पुष २०७९, मंगलवार
  • 387 पटक पढिएको

बेनी, २६ पुस । सदरमुकाम बेनीबजारमा आउँदो विहिबारदेखि सुरु हुने सातौं म्याग्दी महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने निश्चित भएको छ । पुस २८ गतेदेखि माघ ७ गतेसम्म संचालन हुने महोत्सवले कृषी, पर्यटन र उद्योगा प्रर्वद्दन गर्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ।


१० दिनसम्म संचालन हुने महोत्सवमा स्थानीय उत्पादन एवं औद्योगिक प्रर्दशनी, लोकदोहोरी, एकल लोक गीत प्रतियोगिता, पालिकास्तरको भलिबल तथा बास्केटबल प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारबाट गीत तथा नृत्य प्रस्तुती, पालिकास्तरीय पुख्यौली नाच प्रतियोगिता, रत्यौली, झाँकी प्रर्दशनी लगायतको कार्यक्रम हुनेछ ।


महोत्सवमा १ करोड २५ लाख आम्दानी र १ करोड १५ लाख रुपैया खर्च हुने अनुमान रहेको छ । स्थानीय उत्पादनलाई विक्रि र प्रचारप्रसार गर्नका लागि निशुल्क स्टलको ब्यवस्था गरिएको छ। जिल्लाको कृषि, पर्यटन, जलविद्युत लगायतको सम्भावनालाई उजागर संघले २०५७ सालदेखि महोत्सव लगाउदै आएको छ।

म्होत्सव अवलोकन गर्न आउने पाउनाहरुलाई स्वागतका लागि बेनीबजारका टोल सुधार समिति र ब्यवसायीले बजारमा ब्यानर, तोरन लगायतले सझाएका छन् । भने, खुल्लामञ्चमा मञ्च र स्टल लगायतको संरचना निर्माण भईरहेका छन् ।