सहकारीको समसामयिक विषयमा अन्तरक्रिया

  • २४ पुष २०७९, आईतवार
  • धिरन खत्री
  • 383 पटक पढिएको

म्याग्दी, २४ पुस । जिल्लामा सञ्चालित सहकारी संस्थाका संचालक र कर्मचारीको उपस्थितमा सहकारीको समसामयिक विषयमा अन्तरक्रिया गरिएको छ । आईतबार सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ लिमिटेडको समन्वयमा जिल्लामा संचालित सहकारीका संचालक र कर्मचारी उपस्थितमा सहकारीको समसामयिक विषयमा छलफल भएको हो ।


प्छिल्लो समय सहकारी तरलताको अभाव बढदै गएपछि सहकारीले बचत फिर्ता गर्न नसकेको अवस्था छ । सहकारी सम्वन्धी उजुरी बढ्दै गएपछि सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार रमेश घर्ती र शाखा अधिकृत चौलाकान्त वाग्लेले बेनी नगरपालिकाको सभाहलमा सहकारीका संचालक र कर्मचारी उपस्थित गराएर सहकारीको समसामयिक विषय, समस्या र सहकारीका नीति नियमबारे जानकारी गराएका थिए । शाखा अधिकृत वाग्लेले पछिल्लो समय सहकारीले बचत फिर्ता गर्न नसकेको अवस्था सिर्जना भएको हुदाँ संचालक र कर्मचारीले सहकारीको गतिविधिबारे सहकारी नियगमनकारी निकायमा नियमित रिपोटिङ, अध्यावधिक, शुसासन, शियर सदस्यविच छलफल लगायतको विषयमा विशेष ध्यान दिन आग्रह गरिएको बताए ।


बेनी नगरपालिकाका मेयर सुरत केसी र उपमेयर ज्योती लामिछानेले सहकारीको नीतिनियमलाई सहकारी संचालनमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न जोड दिएका थिए । कार्यक्रममा सहभागी सहकारी संचालक र कर्मचारीले सहकारीका समसामयिक विषयहरुमा आफ्नो विचार प्रस्तुत गरेका थिए । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले जिल्लामा करिव २१४ सहकारीहरु रहेको जानकारी गराए । म्याग्दीमा पछिल्लो समय संचालक र कर्मचारीको लापरबाहीले केही सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको अवस्था छ । बचत फिर्ता नभएपछि बचतकर्ताले सहकारी विरुद्ध पालिका, प्रशासन र सहकारी रजिष्टार कार्याल लगायतमा उजुरी बढ्दै गएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l