म्याग्दी जेसीजको अध्यक्षमा बानियाँ निर्वाचित

  • २३ पुष २०७९, शनिबार
  • 381 पटक पढिएको

म्याग्दी २३ पुस । म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको २४ औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२३ का लागि सुमन बानियाँको अध्यक्षतामा सर्वसम्मत रुपमा नया समिति चयन गरेको हो । समितिको कानुनी सल्लाहकार दिनेश बानियाँ,बरिष्ठ कार्यकारिणी उपाध्यक्ष बिष्मा श्रेष्ठ,कार्यकारिणी उपाध्यक्ष दिनेश कुमार विश्वकर्मा, कार्यकारिणी उपाध्यक्ष बिनोद घर्ती,महासचिव कुमार बानियाँ,कोषाध्यक्ष नवीन खत्री,शाखा सम्पादक सुनिता श्रेष्ठ,सहसचिव सज्जन श्रेष्ठ,सहकोषाध्यक्ष अनिल पौडेल,उपाध्यक्ष अमिर श्रेष्ठ,उपाध्यक्ष कृष्णप्रसाद पौडेल,उपाध्यक्ष पवित्रा खत्री, उपाध्यक्ष सागर बरुवालतालिममा संयोजक नवीन पौडेल,प्रकरण निर्दशक गणेश सुवेदी चयन भएको  म्याग्दी जेसीजले जनाएको छ । नवनिर्वाचतलाई पदस्थापनमार्फत जिम्मेबारी हस्तान्तरण गरिने छ । सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, युवाहरुको नेतृत्व र क्षमता विकास लगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । म्याग्दी जेसीजले संस्थागत गतिविधि बाहेक सामाजिक एवम् मानवीय सेवा र पर्यटन प्रर्बधनमा समेत सक्रियता देखाउने गरेको छ । अधिवेशन शाखा अध्यक्ष सन्दीप खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।