नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको अध्यक्षमा अमर बानियाँ चयन

  • ११ पुष २०७९, सोमबार
  • 357 पटक पढिएको

म्याग्दी ११ पुस । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ३० औं बार्षिक साधारण सभा तथा अधिबेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार जिससको सभाहलमा आयोजित साधारणसभा तथा अधिवेशनबाट बानियाँकाे नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन भएकाे हाे ।

समितिकाे  उपसभापतिमा विष्णुकुमारी रोका, कासीराम रेग्मी, मन्त्रीमा यामबहादुर चोखाल, कोषाध्यक्षमा नवराज पौडेल, उपमन्त्रीमा मोतिराज गौतम, उपकोषाध्यक्षमा शिब बानियाँ चयन हुनुभएको छ ।

त्यसैगरी  सदस्यहरूमा दविना रोका, निलकुमारी भण्डारी, टिका घताने, सुरत केसी राजेन्द्र आचार्य, मुक्तीप्रसाद ढुंगाना, हिराबहादुर पुन, तारानाथ शर्मा, हरिप्रसाद सुबेदी र रेशमबहादुर बानियाँ रहनुभएको छ ।