रिजाल बन्धु समाज म्याग्दीको तदर्थ समिति गठन

  • २ पुष २०७९, शनिबार
  • 447 पटक पढिएको

म्याग्दी २ पुस । म्याग्दीमा रहेका रिजालबन्धुहरु संगठीत हुने भएका छन् । जिल्लाभर छरिएर रहेका रिजाल बन्धुहरुलाई एकिकृत गर्ने उदेश्यले शनिवार बेनीमा आयोजित एक भेलालले रिजाल बन्धु समाजको म्याग्दी जिल्ला तदर्थ समिति गठन गरेका छन् । शान्तिराज रिजालको अध्यक्षतमा भएको भेलालले १ जना पछि थप गर्ने गरि १३ सदस्यीय जिल्ला तदर्थ समिति र ७ जना सल्लाहकार समिति गठन गरेको छ ।


भेलाले अध्यक्षमा भिमबहादुर रिजाल(राजुको), उपाध्यक्षमा खड्कबहादुर रिजाल, , सचिबमा लालबहादुर रिजाल, कोषाध्यक्षमा जानुका अधिकारी रिजाल र सहसचिबमा हिमाल रिजाललाई चयन गरेको छ । समितिको सदस्यहरुमा रुद्रप्रसाद रिजाल, कमल रिजाल , रिता रिजाल, भद्रबहादुर रिजाल, शिबराम रिजाल, गंगाधर रिजाल, र धनबहादुर रिजाल चयन हुनुभएको छ ।

त्यसैगरि सल्लाहकारमा लालबहादुर रिजाल, डोलेन्द्र रिजाल , गोपाल रिजाल, लालचन्द्र रिजाल, भिमबहादुर रिजाल, गोविन्द रिजाल र मुरारी रिजाललाई चयन गरेको छ । तदर्थ समितिले विद्यान निर्माण गरि रिजाल बन्धुहरुको जिल्ला सम्मेलन गर्ने जनाइएको छ ।