म्याग्दीमा मतदान सुरु (तस्वीरमा)
- ४ मंसिर २०७९, आईतवार
- धिरन खत्री
- 603 पटक पढिएको
म्याग्दी, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा सबै मतदानस्थलमा मतदान सुरु भएको छ । म्याग्दीमा ८२ मतदातस्थल र १२० मतदान केन्द्रमा बिहान ७ देखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म चल्नेछ ।
रघुगंगा गाउँपालिका– २ को वडा कार्यालय मतदानस्थलको ख मतदान केन्द्रमा जेष्ठ नागरिक ९४ बर्षिय बलकुमारी शाहीले गर्नुभएको छ । त्यस्तै क मतदान केन्द्रमा प्रदेश सभा सदस्य (क) का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल र जेष्ठ नागरिक ७९ बर्षिय गोविन्द शर्माले मतदान गर्नुभएको छ । धान थन्काउने ब्यस्त समयमा भएको निर्वाचनमा विहानको समयमा मतदाताको पातलो उपस्थित रहेको छ । मतदाताहरु विहानको समयमा मतदान केन्द्रमा भन्दा खेतबारी धान काट्न गएका छन् ।
मतदानस्थलमा मतदान अधिकृत,ाजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । म्याग्दीमा ८६ हजार १२० मतदाता रहेका छन् ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l