राजनीतिक दलका उम्मेदवारको गाउँ केन्द्रित चुनावी सभा

  • १८ कार्तिक २०७९, शुक्रबार
  • 371 पटक पढिएको

म्याग्दीका राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले चुनाव प्रचार टोली लिएर गाउँ केन्द्रित चुनावी सभा गरेका छन् । चुनावी गीत र नारा घन्काउदै आमसभाका लागि चुनाव प्रचार टोली गाउँ पसेका छन ।


शुक्रबार वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेश सभा (१) का उम्मेदवार हरीबहादुर भण्डारीले बेनी नगरपालिका – ९, घतानको नेप्टेचौरबाट चुनावी प्रचार सुरु गरेका छन् । गठबन्धनले बेनी नगरपालिका, ४ सिंगा,–६ अर्थुङ्गे, ५ पुलाचौरमा चुनावी प्रचार सभा गरेका छन् । गठबन्धनका शिर्ष नेताहरुको उपस्थित रहेको थियो । गठबन्धनतर्फका प्रदेश सभा (२) का उम्मेदवार रेशम जुग्जालीको टोलीले मंगला गाउँपालिका– ४ बरंजाको धापुङ र बुकुनीमा चुनावी सभा तथा कार्यकर्ता भेटघाट गरेका छन् ।


त्यस्तै एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार हरीकृष्ण श्रेष्ठ र प्रदेश सभा (१) का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल सहितको टोलीले बेनी नगरपालिका–५ पुलाचौरमा चुनावी प्रचार प्रसार गरेका छन् । त्यस्तै उम्मेदवार श्रेष्ठ र प्रदेश सभा (२) का उम्मेदवार यामबहादुर गर्वुजाले मंगला गाउँपालिका– १ कुँुहुमा चुनावी आमसभा गरेका छन् ।


राजनीतिक दल र उम्मेदवार गाउँ केन्द्रित भएर चुनावी सभा , मतदाता भेटघाट गर्दै मत माग्ने कार्यलाई तिव्रता दिदै हिडेका छन् ।