रोमानियामा म्याग्दीको रायखोरका एक युवाको मृत्यु

  • १७ कार्तिक २०७९, बिहीबार
  • 607 पटक पढिएको

म्याग्दी १७ कात्तिक । वैदेशिक रोजगारीको शिलसिलामा रोमानिया पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । करिब चार महिना अघि मात्रै रोमानिया पुगेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका ३३ बर्षिय युवा देबेन्द्र पुनको काम गर्ने फार्मको मेसिनमा च्यापिएर मृत्यु भएको हो ।


आफैले काम गर्ने फार्ममा मेसिनमा च्यापिएर मृत्यु भएको खवर आएको पुनका आफन्त रतिबहादुर पुनले बताउनुभयो । पुनको घरमा ६ महिनाको छोरा सहित दुई छोरा, श्रीमती, बुबा, आमा हुनुहुन्छ भने उहाँका दुई दाईहरु समेत प्रवासमै रहेको उहाँले जानकारी दिनुभयो । पुनको सबलाई ल्याउने बिषयमा वैदेशिक रोजगार विभाग र सम्बन्धीत मेनपावर व्यवसायिसंग परामर्श भैरहेको रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । स्थानीय रायखोर आधारभुत विद्यालयको शिक्षक र संघर्ष युवा क्लबको अध्यक्ष समेत रहेर काम गर्नुभएका पुनको प्रवासमै निधन भएपछि परिवार र सिंगो गाउँलाई ठूलो क्षति पुगेको अध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।