राष्ट्रिय महिला भलिवलमा आज क्वाटरफाइनल खेल हुँदै

  • ३१ आश्विन २०७९, सोमबार
  • 535 पटक पढिएको

बेनी, ३१ असोज : म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनल खेल सुरु हुने भएको छ । प्रतियोगिता अन्तरगत लिग चरणको बिजेता र उपबिजेता बन्दै आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बेनीको खुलामञ्चमा आज हुने क्वाटरफाइनल खेलमा एपीएफ र लुम्बीनी प्रदेश, बागमती र सुदुरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब , गण्डकी प्रदेश र प्रदेश नम्बर १ बिच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोलीले सहभागिता जनाएका थिए ।

आज क्वाटरफाइनलका चार वटै खेल हुने र भोली सेमिफाइनल सञ्चालन गरिने जनाइएको छ । लिक कम नक आउट वेष्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगितामा पहिलो चरणको दुई वटा प्रतिस्पर्धामा पराजित मधेस प्रदेश र कर्णाली प्रदेश लिग चरणबाट वाहिरिएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।