महिला भलिवलमा लिक चरण सकियो, सोमबार क्वाटरफाइनल खेल हुने

  • ३० आश्विन २०७९, आईतवार
  • 551 पटक पढिएको

बेनी, ३० असोज: म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल प्रतियोगिताको लिग चरणको खेल सकिएको छ । प्रतियोगिता अन्तरगत लिग चरणको बिजेता र उपबिजेता बन्दै आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आइतवार भएको प्रतियोगितामा एपीएफले आर्मी र बागमतीले मधेस प्रदेशलाई पराजीत गरे । बागमतीले २५–६, २५–८ र २५–७ सहज खेलमा मधेस प्रदेशलाई पराजीत गर्दै क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो ।

त्यसैगरि सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाली सेनासंग २५–२०, १९–२५, २५–२१ र २५–२३ को जित निकाल्यो । एउटै समूहमबाट एपीएफले बिजेता र त्रिभुवन आर्मी क्लबले उपबिजेता हुँदै क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । आइतवार भएको खेलमा एपीएफकी निरुता थकुन्ना र बागमतीकी जेनिसा बिक उत्कृष्ट खेलाडी घोषित भएकी छन् ।


लिक कम नक आउट वेष्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगितामा पहिलो चरणको दुई वटा प्रतिस्पर्धामा पराजित मधेस प्रदेश र कर्णाली प्रदेश लिग चरणबाट वाहिरिएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
सोमबारदेखि सुरु हुने क्वाटरफाइनल खेलमा एपीएफ र लुम्बीनी प्रदेश, बागमती र सुदुरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब , गण्डकी प्रदेश र प्रदेश नम्बर १ बिच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोलीले सहभागिता जनाएका थिए ।