आर्मीलाई हराउँदै एपीएफको सानदार जित (भिडियो /तस्बिर)

  • ३० आश्विन २०७९, आईतवार
  • 545 पटक पढिएको

म्याग्दी, ३० असोज । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदुरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा आर्मीलाई पराजीत गर्दै एपीएफले सानदार जीत हाँसिल गरेको छ । आईतबार भएको खेलमा एपीएफले आर्मीलाई ३– १ को सेटमा पराजित गरेको हो । भलिवलप्रेमी दर्शकको खचाखच भिडमा भएको उक्त खेलमा एपीएफले २५–२०, १९–२५, २५–२१ र २५–२३ को खेल खेलेको थियो ।

लिग अन्तरगत एपीएफ  समुह बिजेता र आर्मी उपबिजेता हुदै दुवै टिम क्वाटरफाईनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा एपीएफकी निरुता थकुन्ना उत्कृष्ट खेलाडी घोषित भएकी छन् । त्यस्तै पुलिस समुह बिजेता र लुम्वीनी प्रदेश उपबिजेता हुदै क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।


आईतबार साढे १ बजे मधेश प्रदेश र बागमति प्रदेशविच खेल हुनेछन् । सोमबारदेखि क्वाटरफाईनका खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । सात प्रदेशसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी टिमले प्रतियोगितामा सहभागीता जनाएका छन् ।

 

https://fb.watch/gbqWF9FpO9/