भगवतीमा आयोजित बडादशै मेला : पुरुष भलिवलको उपाधी नवलपुरलाई

  • २९ आश्विन २०७९, शनिबार
  • धिरन खत्री
  • 901 पटक पढिएको

म्याग्दी, २९ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा भगवती युवा क्लवले आयोजना गरेको बडादशैँ मेलामा पुरुष भलिवलको उपाधी नवलपुरले जितेको छ । शनिबार भएको फाईनलमा नवलपुरले आयोजक भगवती युवा क्लवलाई ३–२ सेटमा पछि पार्र्दै उपाधी जितेको हो ।

भलिवलप्रेमी दर्शको भिड रहेको फाईनलमा नवलपुर र भगवतीले निकै प्रतिस्पर्धा र रोचक पूर्ण खेल प्रर्दशन गरेका थिए । दुई÷दुई सेट पछिको अन्तिम सेटमा नवलपुरले भगवती माथि २०– १८ को जित निकाल्दै उपाधी जितेको थियो । मेलामा विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसंगै १ लाख र ५५ हजार रुपैयाँ पुरस्कार जितेका थिए । भलिवल प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो ।

त्यस्तै प्रौढ भलिवलमा आयोजक भगवती युवा क्लवले मंगला गाउँपालिकाको बाँबियाचौरलाई ३–२ को सेटमा पराजित गर्दै उपाधी जितेको थियो । ट्रफी, मेडल र प्रमाणपत्रसंगै प्रौढ भलिवलमा विजेता र उपविजताले ६५ हजार र ३५ हजार रुपैया पुरस्कार जितेका थिए ।

शुक्रबार भएको प्रतिस्पर्धात्मक बास्केटवल फाईनलमा पिप्लेले बेगलाई पराजित गरेको थियो । फाईनलमा बेगमाथि ४४ का विरुद्ध ४६ अंक लिदै पिप्लेले उपाधी जितेको थियो । विजेता र उपविजेतलाई ट्रफी, मेडल र प्रमाणपत्रसंगै ७५ हजार र ४० हजार रुपैयाँ पुरस्कार जितेका थियो ।

असोज १९ गतदेखि सुरु भएको मेलामा खेलकुदसंगै सास्कृतिक कार्यक्रम भएको थियो । हरेकबर्ष बडादशैँको अवसरमा राखु भगवतीमा लाग्ने मेलामा ठुलो संख्यामा भलिवलप्रेमीको दर्शकको भिड हुने गर्छ ।

  

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l