राष्ट्रिय महिला भलिबलमा त्रिभुवन आर्मी क्लबको बिजयी सुरुवात (भिडियो /तस्बिर)

  • २९ आश्विन २०७९, शनिबार
  • 503 पटक पढिएको

बेनी, २९ असोज : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा शनिवार नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले बिजयी सुरुवात गरेको छ । कर्णाली प्रदेशलाई २५–१२, २५–१३ र २५–१२ मा रोक्दै त्रिभुवन आर्मीले सोझो तीन सेट आफ्नो आफ्नो पक्षमा पारेको हो । यस खेलमा लगातार तीन सेट आफ्नो पक्षमा पार्दै नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबका खेलाडीहरु बिजयी भएका छन् । प्रतियोगितामा आर्मीका संगम महत्तो उत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

 

यस अघि
नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र बागमती प्रदेशले लिग चरणको खेलमा बिजयी हाँसिल गरेका छन् । यस अघि सुदुरपश्चिमलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले समेत बिजयी यात्रा सुरु गरिसकेको छ । बेनीको खुल्ला मञ्चमा भएको तीन खेलहरुमा प्रदेश टिमको तुलनामा विभागीय टिमले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् .