राष्ट्रिय महिला भलिवलमा बागमतीको बिजयी यात्रा सुरु (भिडियो सहित)

  • २८ आश्विन २०७९, शुक्रबार
  • 691 पटक पढिएको

म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको दोस्रो खेलमा बागमती प्रदेशले बिजयी सुरुवात गरेको छ । प्रदेश नम्बर १ लाई लगातार तीन सेटमा पराजीत गर्दै बागमतीले बिजयी यात्रा सुरु गरेको हो ।

बागमती र प्रदेश नम्बर १ बिचेमा पहिलो सेट २५–७, दोस्रो २५–१२ र तेस्रो २५–१२ मा सकिएको थियो । आजै भएको पहिलो खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले कर्णाली प्रदेशलाई पराजीत गर्दै बिजयी यात्रा अघि बढाएको छ । आज दिउँसो नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबिच खेल हुने भएको छ ।