राष्ट्रिय महिला भलिवलमा एपिएफको बिजयी यात्रा सुरु (भिडियो सहित)
- २८ आश्विन २०७९, शुक्रबार
- 570 पटक पढिएको
म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले बिजयी यात्रा अघि बढाएको छ ।
कर्णाली प्रदेशलाई पहिलो सेटमा ६ का विरुद्ध २५, दोस्रो सेटमा २ का विरुद्ध २५ र तेस्रो सेटमा ७ का विरुद्ध २५ नम्बर ल्याउँदै लगातार तीन सेट जित्न सफल भएको हो । यस खेलमा कर्णालीलाई लगातार तीन सेटमा हराउँदै एपिएफले बिजयी यात्रा सुरु गरेको छ ।
यस अघि विहिवार सुदुरपश्चिमलाई हराउँदै गण्डकी प्रदेशले समेत बिजयी यात्रा अघि बढाएको छ । श्ुक्रवार दोस्रो खेल बाग्मती र प्रदेश १ र दिउँसो नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेशबिच हुने भएको छ ।