बेनी–दरबाङ सडकको फापरखेतको पहिरोको सडक खुल्यो

  • २४ आश्विन २०७९, सोमबार
  • 693 पटक पढिएको

बेनी २४ असोज । बेनी–दरबाङ सडकखण्ड अन्तरगत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने फापरखेतको पहिरोमा एकसातादेखि अवरुद्ध सडक सुचारु भएको छ । अबिरल बर्षासंगै आएको बाढी पहिरोको कारण सडक भत्काएपछि अबरुद्ध बनेको सडकलाई बेनी नगरपालिका र मंगला गाउँपालिकाले जेसिबि लगाएर पहिरो पन्छाएर सुचारु गराएका हुन् ।

 सोमबार बर्षा रोकिएपछि दुई वटा जेसिबिले करिब १० घण्टासम्म निरन्तर काम गरेर अवरुद्ध सडक सुचारु गराएको बेनी नगरापलिका–४ का वडा सदस्य प्रेम श्रीषले जानकारी दिनुभयो । पहिरो पन्छाउन, जनप्रतिनिधि, प्रहरी र यातायात व्यवसायिहरु समेत परिचालन भएका थिए ।

सडक अबरुद्ध हुँदा म्याग्दीको पश्चिम मंगला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दाले जिल्ला सदरमुकाम आवत जावत गर्दा सास्ती खेपेका थिए ।