म्याग्दीबाट प्रतिनिधि सभामा ९ र प्रदेश सभामा ११ जनाको उम्मेदवारी दर्ता

  • २३ आश्विन २०७९, आईतवार
  • धिरन खत्री
  • 871 पटक पढिएको

 

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा हिमाली जिल्ला म्याग्दीबाट ९ जनाले प्रतिनिधि सभा र ११ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् ।

आईतबार बिहान १० बजे देखि ५ बजे सम्म प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सभापति खमबहादुर गर्वुजा (खमविर ), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पाटीका जगतप्रसाद गौचन, मंगोल नेशलन अग्रनाईजेशनका ओमराज मगर, राष्ट्रिय स्वतन्त्र पाटीका हरीबहादुर खत्री क्षेत्री, स्वतन्त्र तर्फबाट खिलबहादुर बरुवाल, नविन जिसी र विनोद भट्टचनले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै प्रदेश सभा (क ) मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका युवा नेता हरिबहादुर भण्डारी, नेकपा एमालेबाट जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षेत्री, राप्रपाबाट प्रविन शाही, मंगोल नेशनल अग्रनाईजेशनका दिपक पुन, स्वतन्त्रतर्फका नेत्रबहादुर महत र दुध गिरीले उम्मेदवारी दर्ता गरेका छन् ।]

प्रदेश सभा (ख ) मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुविन जुग्जाली, नेकपा एमालेका याम गर्वुजा, राप्रपाकी मिठुकुमारी थापा मंगोल नेशनल अग्रनाईजेशनका जिल्ला अध्यक्ष डेगबहादुर पुन (डिके) र स्वतन्त्रर्फ देविन्द्र फगामीले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

म्याग्दीमा सत्ता गठबन्धत र नेकपा एमालेविच प्रतिस्पर्धा हुने देखिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l