गठबन्धनबाट प्रतिनिधिसभामा काँग्रेसका गर्वुजा, प्रदेशसभामा माओवादीका जुग्जाली र भण्डारी उम्मेदवार

  • २३ आश्विन २०७९, आईतवार
  • 541 पटक पढिएको

म्याग्दी २३ असोज । सत्ता गठबन्धनबाट म्याग्दीमा नेपाली काँग्रेसका जिल्ला सभापति खम बहादुर गर्बुजा(खमबिर)ले प्रतिनिधिसभामा टिकट पाउनुभएको छ । आज विहान मात्रै गठबन्धनका दलहरूले जिल्लामा आन्तरिक सहमति गरेर प्रतिनिधिसभा काँग्रेस र प्रदेश सभाका दुवै सिटमा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार उठाउने सहमति गरेका थिए ।

सत्त गठबन्धनको केन्द्रले यसअघि म्याग्दी माओवादिको भागमा पारेको थियो । जिल्लामा भएको सहमती बमोजिम सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा गर्वुजाले मनोनयन दर्ता गराउन लाग्नुभएको छ । त्यसैगरि प्रदेश सभा खमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ( सुविन) र प्रदेश सभा कमा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले मनोनयन दर्ता गर्न लाग्नुभएको छ । नेकपा एमालेबाट प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा कमा देवेन्द्रबहादुर कटुवाल र ख मा याम गर्वुजाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।