प्रथम मगर कप–२०२२ को मैत्रीपूर्ण भुरुष भलिबलको उपाधी मोना फ्रान्सलाई

  • ११ आश्विन २०७९, मंगलवार
  • 727 पटक पढिएको

फ्रान्स ११ असोज ।
मगर समाज फ्रान्सको आयोजनामा भएको प्रथम मगर कप–२०२२ अन्तरगत मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगितामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्स बिजयी भएको छ । मगर समाज र मोना बिच भएको फाइनल प्रतियोगितामा मोना फ्रान्सको तर्फबाट सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी हात पारेका हुन् ।

मोना फ्रान्सका अध्यक्ष देवेन्द्र केसी र महासचिब प्रताप मल्लले मोनाका खेलाडीहरुले कुसल खेल प्रदर्शन गर्दै खेल अनुसाशन, अठोट र साहस देखाएको भन्दै सबै खेलाडीहरुलाई आभार प्रकट गर्नुभएको छ । उक्त उपाधीले मोना फ्रान्सको गौरव बढाएको भन्दै आगामी दिनमा समेत खेलाडीहरुलाई आफ्नो खेलकुद कौसललाई निरन्तरता दिन मोना फ्रान्सले आग्रह गरेको छ ।

मोनाको तर्फबाट विकास शेरचनको टिम व्यवस्थापन र प्रबुद्ध केसीको कप्टानीमा याम केसी, याम श्रीष, शेखर पुन, रमेश बोहोरा, लक्ष्मी प्रसाद भट्टचन, महेन्द्र बोहोरा, प्रेम थापा मगरले सहभागीता जनाउनुभएको थियो । उक्त प्रतियोगितामा मोना फ्रान्सले मगर समाज, पर्वत समाज, स्याङ्जा समाजलाई पराजीत गर्दै उपाधी हात पारेको थियो ।


उक्त प्रतियोगितामा मोना फ्रान्सका खेलाडीहरुले विद्यागत रुपमा समेत पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा उत्कृष्ट स्पाइकरमा याम केसी, उत्कृष्ट क्विक स्पाइकरमा प्रबुद्ध केसी, उत्कृष्ट सेटरमा याम श्रीष मगर घोषित हुनुभएको थियो । मोना फ्रान्सले संस्थाको हरेक गतिविधि तथा कार्यक्रममा खाना र खाजाको लागि सहयोग गर्ने नविन कार्की र पुष्पा केसीलाई समेत धन्यबाद ज्ञापन गरेको छ ।