कसले पहिरिएला मुस्ताङ सुन्दरीको ताज ?

  • ७ आश्विन २०७९, शुक्रबार
  • 517 पटक पढिएको

मुस्ताङ ७ असोज । थाकखेलकुद तथा सांस्कृतिक विकास संघको आयोजनामा बर्सेनि आयोजना हुने मिस मुस्ताङ प्रतियोगिताको फाईनल समिकरण पुरा भएको छ ।थाक खेलकुद च्याम्पियनसीप रनिङशील्ड प्रतियोगिता अन्तर्गत मुस्ताङको ताक्लुङ-कुञ्जोमा आयोजित मिस मुस्ताङ २०७९ का लागि थाक खेलकुदमा आवद्ध ८ सुन्दरी मध्ये ५ जनाले टप फाईप यात्रा सुरक्षित गरेका छन् ।

मिस मुस्ताङ २०७९ को लागि बुधबार साँझ मुस्ताङ सुन्दरी वार्क, दोश्रोदिन बिहिबार फेसन सो,गोलाप्रथाद्धार फरक प्रश्नावलीको मौखि उत्तर र लिखित रुपमा सोधिएको प्रश्नको उत्तर पेश गरिएको आधारमा मुल्यांकन गर्दै टप फाईप मिस मुस्ताङ प्रतिस्पर्धी छानिएको हो । मिस मुस्ताङको अन्तिम टप फाईपमा जनहित क्लव जोमसोमकी सपना राई, मिलिजुली क्लव मार्फाकी खुस्वु ज्वाहारचन, निर्मल स्पोर्टिङ क्लवकी आयुषा गौचन, सिक्स सोल्टिज क्लव घाँसाकी निशा मगर र निलगिरी क्लव टुकुचेकी यमुना कार्की प्रवेश गरेका हुन् । मिस मुस्ताङ–२०७९ का लागि शुक्रबार साँझ हुँने अन्तिम ग्रायण्ड फाईनलमा थाक च्याम्पिनसीपले यसवर्षको नयाँ मिस मुस्ताङ पाउने छ ।

यसअघि मिस मुस्ताङका ८ जना प्रतियोगिहरुलाई सौन्दर्य प्रतियोगिता प्रति जति पनि नकारात्मक प्रश्नहरु छन् ,त्यसलाई आफ्नो बिचार अभिव्यक्ति गर्न लिखित उत्तर माग गरिएको थियो । यसवर्षको मिस मुस्ताङ प्रतियोगिताबाट अन्नपूर्ण क्लव ताक्लुङ, जनकल्याण क्लव स्याङ र धौलागिरी क्लव कोवाङ बाहिरिएका छन् । थाक च्याम्पिनसीप अन्तर्गत भएको मिस मुस्ताङको निर्णायकमा पोखराकी टप मोडल (२०१९ ) कञ्चन भुजेल र यसअघिकी मिस मुस्ताङ ( २०१९)की मेलिना थकाली छन् । यस्तै, बिहिबारको कार्यक्रममा थकाली नृत्य प्रतियोगिता,खुल्ला नृत्य प्रतियोगिता र गायन प्रतियोगिहरुको नतिजा समेत सार्वजनिक गर्ने कार्यक्रम छ ।