पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश 

  • ६ आश्विन २०७९, बिहीबार
  • 401 पटक पढिएको

काठमाडौं ६ असोज । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्याल, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।


नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकको समुन्नतिका लागी एमालेमा आबद्ध भएर काम गर्न लागेको बताए । उनले भने–‘मेरो कुनै स्वार्थ छैन, देशहितमा केही गरौँ भनेर नै नेकपा एमालेलाई रोजेको हुँ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए । महानगरीय अपराध महाशाखाको प्रमुख हुँदा उनकै निर्देशनमा गुण्डा नाइके कुमार घैँटेको इन्काउन्टर गरिएको थियो । खनाल आईजीपी हुँदा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आबद्ध कुमार पौडेललाई प्रहरीले इन्काउन्टर गरेको थियो ।