अजिङ्गर भिरबाट पहिरो खसेपछि आवत जावत प्रभावित (भिडियो)

  • ४ आश्विन २०७९, मंगलवार
  • 861 पटक पढिएको

 

बेनी, ४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम हुँदै दर्मिजा जाने सडकखण्ड अन्तरगत अजिङ्गरको भिरबाट पहिरो खसेपछि बाटो अवरुद्ध बनेको छ ।

आज विहान सडकमाथिबाट पहिरो खसेपछि सडक नजीकै रहेको बिजुलीको तारमा समेत पहिरोको कारण आगोको झिल्का बलेको थियो । पहिरोले सडक पूर्ण रुपमा अबरुद्ध भएको छ । माथिबाट पहिरो खसिरहेकाले दर्मिजाबाट दग्नामतर्फ अध्ययनका लागि आउने बालबालिकाहरु समस्यामा परेका छन । दग्नाम र दर्मिजा दुबैतर्फबाट आवत जावत गर्दा जोखिम बढेको छ ।