मगर संघ म्याग्दीको नयाँ नेतृत्व चयन, अध्यक्षमा लोकबहादुर पुन सर्वसम्मत

  • २५ भाद्र २०७९, शनिबार
  • 481 पटक पढिएको

म्याग्दी २५ भदौ । नेपाल मगर संघ म्याग्दीको नयाँ नेतृत्व चयन गरिएको छ । शनिवार सम्पन्न जिल्ला समन्वय समितिकोआठौ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा लोकबहादुर पुन ‘लोकेश’ को अध्यक्षतामा नया कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा खम थापा, सचिवमा हिराबहादुर पुन, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सह–सचिवमा रमेश फगामी चयन हुनुभएको छ ।

त्यसैगरी कार्यसमितिको सदस्यहरूमा हिराबहादुर पुन, तिलक पुन, देवेन्द्र फगामी, अंकित पुन, मिलन रोका,टंकसरा राना,रामदेवी पुन, निरज शेरपुञ्जा, एकजित रोका, देव राना,लालमायाँ पुर्जा, धन बहादुर रोका, राजेन्द्र जुग्जाली, बिजय घर्ती चयन हुनुभएको उपाध्यक्ष खम थापा मगरले जानकारी दिनुभयो । नवनिर्वाचत अध्यक्ष पुनले मगर समुदायको मौलिक भाषा, कला र संस्कृतिको जर्गेना गर्ने र नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउने गरि अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । सोही अवसरमा नेपाल मगर विद्यार्थी संघको नवौं अधिवेशनबाट दलबहादुर रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा भरत अर्मजा, सचिव ज्योति पुन, सहसचिव रविना पुन, कोषाध्यक्ष लक्ष्मी पुन रहनुभएको छ । कार्यसमितिको सदस्यहरुमा लिला पूर्जा, दिवाना पूर्जा, थ बहादुर पुन, मनु थापा मगर, समिता पुन, सपना थापा मगर, जिना पुन मगर, मेधना गर्बुजा, एन्जल पुन, रोशन फगामी, रेश्मीका रोका, सोनी घर्ती, सिन्धु पुन र रेखा पुन रहेका छन् । संघका सल्लाहकार मनप्रसाद थजालीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जनप्रतिनिधिहरुको तर्फबाट मंगला गाउँपालिका वडा नं १ का अध्यक्ष एकजित रोका, विद्यार्थीतर्फबाट दलबहादुर रोका, भात्रृ संगठनको तर्फबाट मगर भुपु सैनिक संघको तर्फबाट थमबहादुर गर्बुजाले मन्तब्य राख्नुभएको थियो ।