ब्याडमिन्टन संघ म्याग्दीको अध्यक्षमा हिमालय कार्की चयन

  • २५ भाद्र २०७९, शनिबार
  • 517 पटक पढिएको

म्याग्दी २५ भदौ । ब्याडमिन्टन संघ म्याग्दीको २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट हिमालय कार्कीको अध्यक्षतामा चयन भएको समितिमा प्रथम उपाध्यक्षमा कुलदिप जुग्जाली, द्धितिय उपाध्यक्षमा राज जुग्जाली, सचिव बिक्रम सुबेदी, सह–सचिव भरत थापा, कोषाध्यक्ष टिकप्रसाद पुर्जा र सहकोषाध्यक्ष सोमा बुढामगर रहेका छन् ।

त्यसैगरी समितिको सदस्यहरूमा खड्क केसी, अमित बानियाँ, सन्दिप अधिकारी, सुरेन्द्र हमाल, निरज भण्डारी, भुपेन्द्र कार्की, भुवन बुढाथोकी, सुरेन्द्र अधिकारी, मदन मल्ल, हरीदेवि गौचन, रश्मिन राना, रोमन्त बानियाँ, अशोकुमार शाही र विजय शेरमन्जा रहेको सहसचिव थापाले जानकारी दिए ।नवनिर्वाचित अध्यक्ष कार्कीले जिल्लाका सबै स्थानीय तहलाई समेटेर कार्यसमिति चयन गरिएकाले सबै क्षेत्रमा प्रतियोगिता सहित विभिन्न कार्यक्रम गरिने बताए ।

पछिल्लो समय म्याग्दी ब्याडमिन्टनको प्रदेशस्तरीय खेलमा समेत उत्कृष्ट हुने गरेको छ भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत म्याग्दीले राम्रो खेल देखाउन सफल भएको थियो । यसैबी संघको संस्थागत विकासका लागि अध्यक्ष कार्की ५ हजार, प्रथम उपाध्यक्ष जुग्जाली १० हजार, द्धितिय उपाध्यक्ष जुग्जाली ५ हजार आर्थिक सहयोग गरेका थिए । संघले दशैंतिहारको अवसरमा धौलागिरीस्तरीय बि लेबल डवल र सिंगल प्रतियोगिताको आयोजना गर्ने जनाएको छ । ब्