नेकपा म्याग्दीको नयाँ नेतृत्व चयन, सेक्रेटरीमा उषा घर्ती मगर

  • २२ भाद्र २०७९, बुधबार
  • 471 पटक पढिएको

म्याग्दी २२ भदौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वमा रहेको नेपाल कम्प्युनिष्ट पार्टी म्याग्दीको चौथो जिल्ला सम्मेलनबाट उषा घर्ती मगरको नेतृत्वमा जिल्ला कमिटी चयन भएको छ । बुधबार सदरमुकाम बेनीमा सम्पन्न जिल्ला सम्मेलनबाट २५ सदस्यीय जिल्ला कमिटी र ७ सदस्यीय सल्लाहकार समिति सर्वसम्मतले निर्वाचित भएका छन् । जिल्ला सम्मेलनबाट चुनिएका अन्य पदाधिकारी, कार्यसमितिको नाम भने गोप्य राखिएको छ ।

सम्मेलनको केन्द्रिय सदस्य धुब्र घिमिरे ‘विप्लव’ले उदघाटन गर्दै एकिकृत जनक्रान्ति मार्फत देश र जनताको अधिकार स्थापित गर्ने भन्दै संघर्ष गरिरहेको बताउनुभयो । सम्मेलनमा स्याङ्जा र पर्वत इन्र्चाज बिकिरण, पार्टीका नेता धुब्रलाल शर्मा, शिब श्रेष्ठ र लालु किसान लगायत जिल्लाभरबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्मेलनको स्वागत मन्तब्य अनेमसंघ केन्द्रिय सदस्य गोमा गर्बुजा, सञ्चालन अबिरलले गर्नुभएको थियो ।