सामुदायिक पुस्तकालय सङ्घमा नयाँ नेतृत्व,अध्यक्षमा म्याग्दीका रावल चयन

  • २२ भाद्र २०७९, बुधबार
  • 329 पटक पढिएको

म्याग्दी २२ भदौ । देशभरका सामुदायिक पुस्तकालयको छाता सङ्गठन नेपाल सामुदायिक पुस्तकालय सङ्घको १३औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सन्तोष रावलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । रावल बेनीमा रहेको म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्ष समेत हुनुहुन्छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा भरत खड्का र महासचिवमा राजेन्द्रप्रसाद पाण्डेय रहनुभएको छ । प्रदेश उपाध्यक्षहरुमा क्रमशः प्रदेश १ बाट भीमकुमारी रावत, मधेस प्रदेशबाट भरत गिरी, बागमती प्रदेशबाट सुजता विष्ट, गण्डकी प्रदेशबाट लीला भण्डारी, लुम्बिनी प्रदेशबाट चेतकान्त भट्टराई र सुदूरपश्चिमबाट ज्ञानुराज विनाडी चयन हुनुभएको छ ।

यसैगरी सचिवमा बालकृष्ण थपलिया, कोषाध्यक्षमा सागर मिश्र, सदस्यहरुमा लवहरि दाहाल, खड्गनारायण चौधरी, गङ्गा ढकाल, माधव भण्डारी, गोविन्द शर्मा, प्रतिक्षा चौधरी र पुष्पराज जोशी चयन हुनुभएको छ ।