सिंगा तातोपानी कुण्ड परिसरमा आफन्तको स्मृतिमा ‘बुद्धको प्रतिमा’
- १७ भाद्र २०७९, शुक्रबार
- 627 पटक पढिएको
बेनी, १७ भदौ । प्राकृतिक उपचारस्थलको रुपमा चिनिएको बेनी नगरपालिका – ४ सिंगास्थित रहेको तातोपानी कुण्ड परिसरमा ‘बुद्धको प्रतिमा’ स्थापना गरिएको छ । मंगला गाउँपालिका–५ अर्मन किमचौरका हाल काठमाण्डौ बस्ने टंक बुढाथोकी मगरले स्वर्गिय बुवा ओमबहादुर बुढाथोकी र स्वर्गीय दाजु रत्नबहादुर बुढाथोकीको स्मृतिमा कुण्ड परिसरमा दुईवटा बुद्धको प्रतिमा स्थापना गर्नुभएको हो ।
तातोपानी कुण्ड ब्यवस्थापन समितिले शुक्रबार कार्यक्रम आयोजना गर्दै बुद्धको प्रतिमा अनावरण तथा बुद्धको गुरुबाट प्रवचन कार्यक्रम भएको थियो । बुद्धको प्रतिमा स्थापना गर्ने टंक बुढाथोकीलाई तातोपानी कुण्ड ब्यवस्थापन समितिले सम्मान गरेको थियो । बुद्धको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बेनी नगरपालिका वडानम्वर ४ का वडासदस्य प्रेम श्रीषमगर, कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्य लगायत सदस्यहरुकोे उपस्थित रहेको थियो ।
प्राकृतिक उपचार लागि स्वदेश तथा विदेशबाट तातोपानी कुण्डमा विरामी लगायतको भिड लाग्ने गर्छ ।