मुटु रोगी दुर्गा विश्वकर्माको उपचारमा आर्थिक अभाव

  • ३० श्रावण २०७९, सोमबार
  • 622 पटक पढिएको

 

म्याग्दी, ३० साउन । आर्थिक अभावले रघुगंगा गाउँपालिका– ३ दुलेपानी निवासी दुर्गा विश्वकर्माको मुटु रोगको अप्रेसन रोकिएको छ । विगत ३ बर्षदेखि औषधी सेवन गरिरहेकी विश्वकर्मालाई पछिल्लो समय मुटु रोगको समस्या बढ्दै गएपछि अप्रेसन गर्नुपर्ने भएको हो ।

काठमाण्डौस्थित गंगालाल अस्पतालमा मुटुको अप्रेसन गर्न लागि भदौ १ गते काठमाण्डौ जाने तयारी गरीरहेका छौ । श्रीमतीको मुटुको अप्रेसनका लागि परिवार आयस्रोतले नभ्याउने भएपछि सामाजिक संजालमार्फत स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाईलाई आर्थिक सहयोगका लागि श्रीमान रामकुमार विश्वकर्माले आग्रह गर्नुभएको छ ।

‘मुटु रोगकी पीडित दुर्गाका श्रीमान राम कुमार विश्वकर्माले खेती किसानी र ज्याला मजदुरीबाट दुई छोराछोरी रहेको घरपरिवारको जिविकोपार्जन र औषधी उपचार गरिरहेका छन् । ३६ बर्षकी श्रीमतीलाई मुटुमा थप जटिलता थपिदै गएपछि डाक्टरले अप्रेसन गर्न भनेको छ, उक्त मुटुको उपचार खर्चमा ठुलो रकम लाग्ने भएपछि सहयोगको अपिल गरिरहेको छु’– श्रीमाने विकले भन्नुभयो ।

‘खेती किसानी र ज्याला मजदुरीबाट श्रीमतीको उपचार सम्भव नभएपछि उपचारका लागि स्थानीयबासी, विभिन्न संघसंस्था र स्वदेश तथा विदेशमा रहेका दाजुभाई तथा दिदिबहिनीलाई आर्थिक सहयोगका लागि अपिल गरेको छु ।’

उहाँको उपचारमा लागि सामाजिक संजालमा ‘मुटु रोग पीडित दुर्गा विश्वकर्मालाई बचाउन अभियान’ पनि सुरु गरिएको छ ।

श्रीमान रामकुमार विश्वकर्मा : ९८६२६७२६९८
प्रभु बैंकको खाता नम्वर : ०७६०२१२१५२९०००१६ रामकुमार विश्वकर्मा ।।