राजेन्द्र सापकोटाले तिज गीत मार्फत ‘सम्झे मायालाई’

  • २४ श्रावण २०७९, मंगलवार
  • 623 पटक पढिएको

म्याग्दी २४ साउन । लोकप्रीय गायक राजेन्द्र सापकोटाको तिज गीत सम्झे मायालाई सार्वजनिक भएको छ । हरितालिका तिज नजिकिदै गरेको अवस्थामा गायक सापकोटाले आफ्नै शव्द, लय तथा स्वरमा रहेको मोलिक तिज गीत सांगीतिक बजारमा ल्याउनुभएको हो । ‘सुन सुन सई हो गाउँको हिरो मै हा,े हाई हाई सम्झे मायालाई’ निकै उत्कृष्ट गीतमा गायक सापकोटा संगै पछिल्लो समयकी चर्चित गायीका शान्तिश्री परियारको पनि स्वर रहेको छ ।


रोयल च्वाईस म्युजिक प्रा.ली.को प्रस्तुतीमा आफ्नै युटुव च्यानलबाट गायक सापकोटाको तिज गीत सार्वजनिक भएको हो । उक्त गीतको एरेन्ज चर्चित एरेन्जर तारानाथ आचार्यले गर्नुभएको छ । पोखरामा छायाँकन गरिएको म्युजिक भिडियोमा लोमस शर्मा र आयुष्मा कार्कीको अभिनय रहेको छ । होम गुरुङले निर्देशन गर्नुभएको भिडियोको छायाँकन गणेश सापकोटाले गर्नु भएको हो । हरेक बर्षको तिजको मौलिक गीत प्रस्तुत गर्दै आउनुभएका गायक सापकोटाले यस बर्षको तिजमा भने दिदि बहिनीहरुलाई नचाउनका लागि रमाईलो गीत बजारमा ल्याएको बताउनुभयो ।

 

‘तिजको अवसरमा कतिपय गीतहरु उच्छृङ्खल र अस्लिलता बोकेर बजारमा आएका छन तर म लोक लय र मौलिकतालाई पछ्याउँदै आएको छु’ गायक सापकोटाले भन्नुभयो, “यसपालीको तिजको कोशेलीमा थोरै माया मिसाएको छु”। म्याग्दीको मंगला गाउँपालिका –३ बरंजामा जन्मिुन भएका गायक सापकोटा हाल पोखरामा बस्दै आउनुभएको छ । पोखराको सृजनाचोकमा होलसेल खाद्यान्न पसल संचालन गर्नुभएका उहाँले लोक संगीतको क्षेत्रमा पनि निरन्तरता दिईरहनुभएको छ ।
गायक सापकोटाले यसअघि हे आमा, पोखरामा पानी बटौलीमा घाम, मुग्लिनमा भात खाँदा, लगायतका तिजका गीतहरु प्रस्तुत गरिसक्नुभएको छ भने जवानीमा धक्का, पिरती मिसाउनी, छेकी छेकी, लगायतका लोक दोहोरी गीतहरु चर्चामा रहेका छन ।