आगामी चुनावमा अन्नपूर्ण गाउँपालिका प्रमुखमा उठ्ने महावीर पुनको संकेत

  • १६ श्रावण २०७९, सोमबार
  • 623 पटक पढिएको

म्याग्दी १६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गर्नुभएको छ । रोमन म्यागासेसे पुरस्कारबाट समेत पुरस्कृत पुनले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै आगामी निर्वाचनमा अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बन्नुपर्ने अवस्था आउन लागेको बताउनुभएको छ ।

म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–८ नाँगी निवासी पुनले फेसबुकमा पर्यटन क्षेत्रको विकासका लागि आफु गाउँपालिका अध्यक्षमा उठ्नुपर्ने अवस्था आउन सक्ने संकेत गर्नुभएको छ । पुनकै अगुवाईमा म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकाका ग्रामीण भेग समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग सञ्चालनमा छ ।

पुनलाई गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट समेत सम्मानित गरिसकेको छ । पुनको फेसुकमा ‘आगामी गा.पा चुनावमा अन्नपुर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा उठ्नुपर्ला जस्तो देखिँदैछ र आवश्यक परे उठिन्छ पनि ।’लेखिएको छ ।