पूर्वाधार निर्माण गर्दै बगरफाँटवासी
- ९ श्रावण २०७९, सोमबार
- 805 पटक पढिएको
म्याग्दी ९ साउन । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा गाउँलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन जुटेका छन् । म्याग्दी नदीको किनारमा विशाल खेतको फाँटमा दुर्गा भगवतीको मन्दिर निर्माण गरेका उनीहरुले अहिले मन्दिर वरपरको क्षेत्रलाई धार्मिक पर्यटकमैत्री पूर्वाधार निर्माणमा व्यस्त छन् । वरिपरि धान खेतको फाँट, बीचमा अग्लो भूभाग, त्यही अग्लो स्थानमा पाञ्चायन देवतासहितको आकर्षक दुर्गा मन्दिर निर्माण गरिएको छ ।
