आलेख सेवा : अनिकालको साथी ‘धर्म भकारी’
- ३ श्रावण २०७९, मंगलवार
- 785 पटक पढिएको
गलेश्वर, ३ साउन (रासस) : ‘परोपकाय पुण्याय पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गर्नुभन्दा ठूलो अर्को कुनै धर्म हुँदैन र अरुलाई पीडा (दुःख) दिनुभन्दा तल्लोस्तरको अर्को कुनै पाप हुँदैन । त्यसमा पनि सामाजिक परोपकारलाई हिन्दू धर्मशास्त्र बेदलगायत विभिन्न धार्मिक ग्रन्थमा समेत उत्कृष्ट धार्मिक कार्य मानेको छ । समाजको हितका लागि आफ्नो तर्फबाट गरिने उपकारमूलक कार्य नै सामाजिक परोपकार हो ।
