स्वास्थ्य कार्यालयको बार्षिक प्रगति विवरणको समिक्षा

  • ३० असार २०७९, बिहीबार
  • 951 पटक पढिएको

बेनी, ३० असार । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८/०७९ मा गरेका कार्य प्रगति विवरणको समिक्षा गरेको छ । विहिबार कार्यालयले पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गरी बार्षिक प्रगति सार्वजनिक तथा छलफल गरेको हो ।

यस आर्थिक बर्षमा कार्यालयले कुल ६ करोड १८ लाख २६ हजार रुपैयाँ बजेटमध्ये ४ करोड ६३ लाख १४ हजार ५२६ खर्च भएको जनाएको छ। कार्यालय प्रमुख एकनारायण लम्सालले कोरोना संक्रमणबाट मृत्यु भएका सदस्यका परिवारको आवेदन आधारमा ५१ जनालाई ५० हजार रुपैया दरले २५ लाख ५० हजार रुपैयाँ वितरण गरिएको बताउनुभयो ।

पुँजीगततर्फ रहेको १६ लाख ५० हजार रुपैयाँ बजेटमध्ये १६ लाख ३२ हजार २०५ रुपैयाँ बजेट खर्च भएको छ । समानीकरणतर्फ रहेको २ करोड ६० लाख ४३ हजार रुपैयाँ बजेटमध्ये २ करोड १६ लाख ६९ हजार ९० रुपैयाँ बजेट खर्च भएको छ । त्यस्तै शशर्ततर्फ रहेको ३ करोड १३ लाख ८३ हजार रुपैयाँ बजेटमध्ये २ करोड ४ लाख ६३ हजार २३१ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

कार्यालयले स्थानीय तहको समन्वय मा कोेभिड १९ विरुद्धको खोप र टाईफाईड विरुद्धको खोप अभियान सफल पुर्वक सम्पन्न गरेको जनाएको छ । साथै स्थानीय तहको स्वास्थ्यकर्मी तथा स्वयमसेवीकाहरुलाई तालिम तथा पालिकास्तरमा स्वास्थ्यसम्वन्धी विभिन्न कार्यक्रम गरेको कार्यालयले जनाएको छ ।

२०७१ साल चैत १५ गते म्याग्दी छैटौँ पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा अनुसार हरेक बर्ष स्थानीय तहलाई पुर्ण खोप दिगोपन प्रमाणिकरण प्रक्रिया अनुसार बेनी नगरपालिका र मंगला गाउँपालिकालाई पुर्ण खोप पालिका घोषणा भएको कार्यालय प्रमुख लम्सालले जानकारी दिनुभयो ।
जनशक्तिको अभाव र भौगोलिक कारणले जनतालाई आवश्यक सेवा उपलब्ध पु¥याउन नसकेको कार्यालयले जनाएको छ ।