जनताको समस्या समाधानतर्फ कांग्रेस लाग्नुपर्छ : आर्जु राणा

  • ८ असार २०७९, बुधबार
  • 737 पटक पढिएको

 

म्याग्दी, ८ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आर्जु राणा देउवाले कांग्रेसले तीन तहमा जनताको गुनासो सुन्ने र समस्या समाधान विभाग बनाउनुपर्ने बताउनुभएको छ । उहाँले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र गुनासो गर्ने प्रचलन बढेको उल्लेख गर्दै पार्टीको आन्तरिक समस्या समाधान र जनताको समस्यो समाधानका लागि विभाग गठनमा ध्यान दिन आग्रह गर्नुभयो ।


बुधवार नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम २०७९ को अवसरमा पाटीभित्रको समस्या र जनता समस्या समाधान लाग्न निर्देशन दिनुभएको हो । काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पाँच वर्षमा हरेक समयमा जनताको साथ दिन आग्रह गर्दै जनताका समस्यालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको छ ।

‘चुनावको बेलामा अन्तरघाट भयो, भन्ने तर आफुले नै अन्तरघात गर्ने कांग्रेस, यसले पार्टीले जित्दैन, यस्तो समस्याको समाधान गर्न कांग्रेसमा आवश्यक देखिएको छ ।’ उहाँले भन्नुभयो –‘पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि निर्वाचित भएका जनप्रतिनिधिलाई सहयोग गर्न आवश्यक छ ।’ ‘उखान टुक्का सुन्न टिलेभिजनमा कमेडि च्याम्पीयन हेरे हुन्छ, कुनै पार्टीको कार्यकर्ता हुन आवश्यक छैन, उहाँले भन्नुभयो, ‘उखान टुक्का सुनाउदै हिड्ने कांग्रेस होईन, कांग्रेस हरेक अप्ठारो परिस्थतीमा देशलाई बचाएको छ ।’

‘नेपाल गरिब देश होइन धनी देश हो । बजेट विनियोजन हुन्छ तर कार्यान्वयन नभएको अवस्था छ । जसले गर्दा योजनाहरु अलपत्र परेका छन् । यस्ता विषयमा फ्लोअप गर्दै अगाडि बढ्न सकेको खण्डमा विकासले गति लिन्छ ।’ कार्यक्रममा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले व्यक्तीलाई नभई पार्टीलाई बिजय गराउन आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पछिल्लो समयमा कांग्रेस पार्टीमा युवाको आकर्षण बढ्दै गएको बताउदै असार महिनाभित्र तरुण दल विस्तार गर्ने जानकारी दिनुभयो

कार्यक्रममा नेपाली काँग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । पाटी सभापती खमबहादुर गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, भातृ संस्थाका प्रमुख, पालिका तथा प्रदेश कार्यसमितिका अध्यक्षले मतव्य राखेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यलाई म्याग्दी कांग्रेसले ज्ञापन पत्र समेत बुझाएको थियो।