मनकला मुगादेबी शर्मा (सापकोटा) स्मृति अक्षयकोषबाट छात्रवृत्ति वितरण

  • ७ असार २०७९, मंगलवार
  • 585 पटक पढिएको

धु्रवसागर शर्मा
म्याग्दी ७ असार । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको भकुण्डेचौरमा अवस्थित अर्जुन माध्यमिक विद्यालयमा आफ्ना दिवंगत हजुरआमा र आमाको स्मृतिमा तेजराज शर्मा सापकोटाले स्थापना गर्नुभएको अक्षयकोषबाट ८ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । २०७६ सालमा स्थापना गरिएको रु २ लाख २ हजार २ सय ५५ मुलधन रहेको सो अक्षयकोषको व्याजबाट शैक्षिक वर्ष २०७७ र २०७८ मा उत्कृष्ट जिपिए ल्याउने कक्षा १ देखि ८ सम्मका ४ जना र कक्षा ८देखि १२ सम्मका ४ जना गरी ८ जनालाई छात्रवृत्ति  वितरण गरिएको हो ।


विद्यालयका प्रधानाध्यापक ओमकार घिमिरेले दिएको जानकारी अनुसार शैक्षिक वर्ष २०७७ मा आधारभूत तहमा सवोत्कृष्ट जिपिए प्राप्त गर्न सफल प्रिन्स खत्री र सुप्रिया गौतमलाई जनही १ हजार ३७० र माध्यमिक तहमा (कक्षा ८–१२मा सर्वोत्कृष्ट जिपिए ल्याउन सफल अंकुश घिमिरे र मनिषा शर्मालाई जनही रु २ हजार ५० प्रदान गरिएको हो ।


त्यसैगरी शैक्षिक वर्ष २०७८ मा आधारभूत तहबाट सर्वोत्कृष्ट जिपिए ल्याउने सचिन पौडेल र सुप्रिया गौतम,कक्षा १२ मा सर्वोत्कृष्ट जिपिए ल्याउन सफल अनिल दमाई र पवित्रा सापकोटालाई क्रमशः रु १ हजार ३७० र रु २ हजार ५० नगद  प्रदान गरिएको थियो ।