सोमबार बेनीमा निःशुल्क दन्त शिविर हुने

  • १४ जेष्ठ २०७९, शनिबार
  • 1279 पटक पढिएको

बेनी, १४ जेठ । म्याग्दी जेसिजको २४ औं स्थापना दिवसको अवसरमा सोमबार निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । म्याग्दी जेसिजद्वारा ‘जेसिज सप्ताह’ कार्यक्रम अन्तरगत १६ गते बेनीस्थित रहेको बेनी संजिवनी हेल्थ क्लिनिकमा निःशुल्क दन्त शिविर गरिएको हो ।


जेसिजको आयोजना र बेनी संजिवनी हेल्थको प्राविधि सहयोगमा हुने दन्त शिविरमा दन्तरोग विशेषज्ञ विवेक सुनारबाट दातको परिक्षण गरिने शिविर संयोजक कुमार बानियाँले बताउनुभयो । दन्त रोगसम्वन्धी विरामीहरु उक्त सेवा लिन जेसिजले आग्रह गरेको छ ।

म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसमा साताब्यापी कार्यक्रम अन्तरगत जेठ १५ गते सप्ताह कार्यक्रमको उद्घाटन, १६ गते निशुल्क दन्त परिक्षण, १७ गते राष्ट्रिय झण्डा अनावरण, १८ गते जेसिजगाउँ पुलाचौरमा निःशूल्क आँखा परिक्षणा, १९ गते सार्वजनिक भाषणकला तालिम, २० गते मेरो जनप्रतिनिधीलाई सुझाव र २१ गते जिसस सभाहलमा १८ औं अन्तर मा.वि. लोकनृत्य प्रतियोगिता राखेको छ ।