गोरु काट्दै गरेको अवस्थामा नौ जना पक्राउ
- १४ जेष्ठ २०७९, शनिबार
- 1311 पटक पढिएको
म्याग्दी, १४ जेठ । म्याग्दीमा गोरु काट्दै गरेको अवस्थामा नौ जना पक्राउ परेका छन् । मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा सोही गाउँपालिका–६ दुखुबेसीका नौजनालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई दुईवटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक राजन ढकालले जानकार दिए । प्रकाउ परेका ५ महिलासहित ९ जनालाई पशुपंक्षी सम्वन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भएको सूचना अधिकारी ढकालले जानकारी दिएका छन् ।